नेप्से परिसूचक ९ अंकले घट्यो
काठमाडाैं | बैशाख २०, २०८०
काठमाडौं: शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो। पछिल्लो एक सातादेखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।
बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छन्।
नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ। तर यता एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। बुधवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको तीन करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

